पूर्व राजा नै आलंकारिक राष्ट्रपति हुनसक्ने

काठमाडौं । यही कार्तिक २१ मा मंगल नीच र कार्तिक ३० मा शनि मार्गि हुँदैछन् भने पंचमभावमा राहु र एकादसस्थ केतु छन् ।

सप्तम् सीमाभावमा गुरु बक्री छन् । जनताभावमा शनि मार्गी हुनुले सरकार नसुध्रिएको कारण जनताले सरकारलाई दण्ड दिने समय आएको देखिन्छ । लग्नेश वा राशेस नै परम् नीच तथा सूर्य परम् नीचको निचोड सरकारमा बस्नेहरूले धेरै असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था देखिन्छ ।

शनि अब शतभिसा नक्षत्रको लामो यात्रामा लग्नेस १३ रहनु जो राहुको नक्षत्र हो र मिनस्थ राहु शनिको नक्षत्रमा घर साट्नुको कारण युध्दोन्मादको स्थिति, जनआक्रोश, विश्वमा धर्मोन्माद बढ्ने र युध्दको धेरै ठाउँमा मोर्चाहरू खुल्ने अवस्था देखिन्छ । पहिलो विश्व युध्दको र दोस्रो विश्व युध्दताका पनि मंगल परम् नीच राशीका अवस्थामा थिए तथापि त्यस समयमा मंगल पछि सरेर अत्यधिक धिमा गतिमा मिथुनमा ओर्लिएको अवस्था थिएन । 

अहिले नीच मंगल (जम्मा एक राशीमा ४२ दिनको यात्रामात्र) गर्नुपर्नेमा वर्तमान समयमा धीमा बनेर माघमा मिथुनत र्फ सरेर करिब वैशाखसम्म रहने भन्नाले १२ डिग्री पछि हटेर अनुबक्री हुँदै सात अवस्था क्रमिकरुपमा बक्रताका छिचोल्दै कर्कटमा आउने र अति शिघ्रि बनेर आषाढको पहिलो हप्ता पुनः कर्कटबाट सिंहमा जाने अवस्था देखिनाले यतिलामो समय कर्कट र मिथुनको अलमलले र यो बर्सको विश्वलग्न पनि ८ हुनु र नेपाल पनि ८ राशीको हुनुले संसारमा आउने आर्थिक मन्दीले नेपालको अर्थतन्त्र पूर्ण विचलित हुनेछ । नेपालमा वैशाखमा गएर ब्यवस्था परिवर्तनको योग छ । प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्रीको ब्यवस्था संविधानले तय गर्ने निश्चित छ । अतः २०८४ मा यो संविधान मुताविक चुनाव नभएर अर्को प्रकारको चुनाव हुनेछ । 

आलंकारिक राजतन्त्र नभए राजाले त्यो नमाने आलंकारिक राष्ट्रपति बन्ने संभावना वा प्रत्यक्ष कार्यकारी राष्ट्रपति चयन गर्ने भएमा प्रथम राष्ट्रपतिमा राजा नै चुनिने संभावना प्रबल देखिन्छ । पहिलो राष्ट्रपति राजा ज्ञानेन्द्र शाह हुनसक्ने संभावना प्रबल देखिन्छ । यसमा राजा राजी हुने यद्यपि आलंकारिक राजा बन्न राजी नहुने अवस्था ग्रहहरूले देखाएको छ ।

विश्व अर्को युगमा प्रवेश गर्नेछ । अमेरिका विश्वमा जति शक्तिशाली छ त्यसबाट अलि तल झर्ने अनि इस्लाम र क्रिश्चियन अनि हिन्दूका बीच युद्ध हुने । गुरु धर्मकारक भएको कारण लगातार धनु राशीसम्म अतिचारी बन्नाले सात बर्ष भित्र विश्वका धेरै देशहरूमा वैदिक सनातन धर्मका अनुयायी बढेर धेरै देशहरू यही धर्ममा आस्था राख्ने स्थिति देखिन्छ । 

चीन दुई खण्डमा विभाजित हुनेछ । विश्वमा बुध्द धर्मावलम्वीहरू युद्धमा भागलिने छैनन् । चीनमा बुध्द धर्म र अर्को त्यहाँको पुरानो धर्म मान्नेहरू दुई राज्यमा विभाजित हुनेछन् । रसिया वैदिक सनातन धर्ममा जानेछ । यसरी युरोपमा पनि यस धर्मको पालन गर्नेहरू प्रशस्त रहनेछन् । 

सात बर्ष उप्रान्त धेरै देशहरू मानचित्रबाट मेटिएपछि शान्ति छाउनेछ । कतै दैवीप्रकोपले र कतै युध्दले देशहरू हराउनेछन् । विश्वमा संयुक्त राष्ट्र संघ समाप्त भएर पुनः नयाँ संघको निर्माण हुनेछ । ग्रहकै अवस्थाले यो सब देखाइरहेको छ । जनसंख्या घट्ने छ । मरुभूमिमा पानी आउने छ र फसलहरू लाग्नेछ । कति पहाड र कति समुद्र नजिकैका मैदानहरू हराउने छन् ।

यो परमात्माको सन्देश र लिलाको आज्ञालाई मैले जनमानसमा ल्याएको छु । नयाँ पुस्ताले अवश्यप यो देख्नेछ, हामी नरहे पनि । (ज्योतिषी उदय निरौलाको भावी विश्लेषण)
 

प्रतिक्रिया