अचम्म तर सत्य

नासाका वैज्ञानिकले ब्ल्याकहोलको आवाज सुन्दा गुञ्जियो ॐ

 - गुरु केदार बराल

 
 
OM

ॐ = mc2 

विज्ञानमा इ बराबर एमसी टू (E= mc2)  भन्ने सूत्र छ । ऊर्जाको रूपान्तरण हुन्छ भन्ने सन्दर्भको यो सूत्र अल्बर्ट आइन्स्टाइनको हो । तर बेलायतका प्रसिद्ध भौतिकशास्त्री, लेखक तथा अक्सफोर्ड विश्वविद्यालयको पोर्चुगाली अध्ययन केन्द्रका निर्देशक पिटर रसेलले ॐ = mc2 भन्ने सूत्र लेखेका छन् । 

वेद र पुराणमाथि बृहत् अनुसन्धान गरेर निस्केको निचोड उनले ‘वाकिङ अप इन टाइम’, ‘फ्रम साइन्स टु गड’ र ‘ब्रेन बुक’ नामका तीनवटा पुस्तकमा लेखेका छन् । वैदिक विज्ञानका आधारमा आफूले E= mc2 लाई ॐ = mc2  लेखेको उनको भनाइ छ । ॐ = mc2  भन्ने सूत्र भगवदगीताको दोस्रो अध्यायमा आधारित छ । आइन्स्टाइनले यो ब्रह्माण्ड ऊर्जा र द्रव्यमान दुई तत्त्वले बनेको भनेका छन् । 

E= mc2 को अर्थ ऊर्जाको द्रव्यमान हो । अ को अर्थ प्रकाशको गति हो । अर्थात् कुनै वस्तुको द्रव्यमानलाई प्रकाशको गतिको वर्गबाट गुणन गरियो भने त्यस वस्तुको कूल ऊर्जाका बारेमा थाहा हुन्छ । पिटर रसेलले वैदिक विज्ञानका बारेमा लेख्ने क्रममा ॐ नै ब्रह्माण्डको ऊर्जा हो र ॐ बाट नै समस्त ब्रह्माण्ड चलायमान् छ भन्ने लेखेका छन् । वैदिक शास्त्रका अनुसार सृष्टिको आरम्भमा एउटा ध्वनि गुन्जिएको थियो र त्यो ध्वनि ॐ थियो । त्यही निर्गुण तत्त्वबाट सगुण ब्रह्माण्डको निर्माण भयो । 

ॐ ध्वनि सूक्ष्म रूपमा समस्त ब्रह्माण्डमा छ । कसैको सहारा नलिई बोल्दा अ, उ, म मात्रै बोल्न सकिन्छ र ॐ त्यही हो । यसलाई अनाहत नाद भनिन्छ । नासाको अनुसन्धानले पनि ब्रह्माण्डमा रहेका सबै ग्रहमा ॐ ध्वनि गुन्जिरहेको स्वीकारेको छ । हालै नासाका वैज्ञानिकले ब्ल्याक होलको आवाज ध्वन्याङ्कन गरेका थिए । त्यो ध्वनि ॐ थियो । अरू ध्वनि दुई वस्तु ठोकिँदा उत्पन्न हुन्छ, तर ॐ स्वयं उत्पन्न हुन्छ । यसमा असीमित ऊर्जा छ । मानवभित्र पनि यो ध्वनि निरन्तर गुन्जिरहेको हुन्छ । 

ॐ उच्चारण गर्दा शरीरमा भएका नकारात्मक ऊर्जा हट्छन्, शरीरभित्र थर्थराहट भएर शरीर र मस्तिष्क सफा हुन्छ, एकाग्रता बढ्छ, उच्च रक्तचाप, थाइराइड र पाचन प्रणाली ठीक भएर शरीरमा शक्ति बढ्छ । ॐ लाई प्राणको प्राण भएकाले प्रणव भनिन्छ । 

त्यसैले पिटर रसेलले E= mc2  को सट्टा ॐ= mc2 लेखेका छन् । उनले ‘साइन्स एन्ड ननडुआलिटी’ नामक संस्था पनि बनाएका छन् । त्यस संस्थामा विभिन्न देशका सयौँ अनुसन्धाता कार्यरत छन् । तिनीहरू हिन्दू धर्मग्रन्थभित्र लुकेका वैज्ञानिक तथ्यहरूका बारेमा अनुसन्धान गरिरहेका छन् ।

हजारौँ वर्षपूर्व हाम्रा पूर्वजले ब्रह्माण्डको सारा रहस्य पत्ता लगाएर वेदमा राखे तर हामीले वास्ता गरेनौँ । पुराणलाई कसैले कल्पना र मिथक मान्यौँ, कसैले इतिहास भन्यौँ ।
 
पश्चिमाहरूले चाहिँ तिनै धर्मग्रन्थको अध्ययन–अनुसन्धान गरेर फाइदा लिइरहेका छन् । हामी उनीहरूका पछौटे बनिरहेका   छौँ । पिटर रसेलले ॐ = mc2 भन्ने सूत्रबाट हामीलाई भगवदगीताको दोस्रो अध्यायको ज्ञान दिनु यसकै एउटा उदाहरण हो ।


 

प्रतिक्रिया