ब्रिक्सको शिखर सम्मेलनमा २ सय कार्यक्रम घोषणा हुने

काठमाडौं । एशियाका ठूला अर्थतन्त्र भएका देशहरुको अग्रसरतामा बनेको ब्रिक्स अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विकल्प बन्न सक्ने बताईएको छ ।   

'ब्रिक्सले अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा महत्त्वपूर्ण भूमिका खेल्छ, विकासोन्मुख देशहरूको हितमा सधैं काम नगर्ने ठूला शक्तिहरूको सम्बन्धमा सन्तुलन प्रदान गर्दछ । ब्रिक्स देशहरूको साझा चासो र विदेशी व्यापारका लागि ठूलो सम्भावनाहरू छन्'भनेर अन्तर्राष्ट्रिय विज्ञहरुले प्रतिक्रिया दिएको भनेर समाचार एजेन्सीहरुले लेखेका छन् ।

ब्रिक्स विश्व बैंक वा अन्तर्राष्ट्रिय मुद्रा कोष जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको विकल्प बन्न सक्ने भन्दै विश्वका केही ठूला अर्थतन्त्रहरू यसका सदस्यहरूमध्ये रहेको तर्क गरिएको छ । 

ब्रिक्स समूह ब्राजिल, रुस, भारत र चीनले सन् २००६ मा स्थापना गरेका हुन् । दक्षिण अफ्रिका सन् २०११ मा यसमा सहभागी भएको हो । १ जनवरी, २०२४ मा इजिप्ट, इरान, साउदी अरेबिया र इथियोपिया यसको पूर्ण सदस्य भएका हुन् ।

यस वर्ष रूसको अध्यक्षतामा हुने शिखर सम्मेलनमा २०० भन्दा बढी विभिन्न कार्यक्रमहरू घोषणा गर्ने योजना रहेको बताईएको छ। कजानमा हुने ब्रिक्स शिखर सम्मेलन रुसको अध्यक्षतामा संघको मुख्य कार्यक्रम बन्न गइरहेको रुसी समाचार संस्था तासले जनाएको छ।


 

प्रतिक्रिया