अमिताभ बच्चनले खुलासा गरे आफ्नो मनपर्ने सुपरस्टार

नयाँ दिल्ली। के बि सी १६ को सेटमा अमिताभ बच्चनले आफ्नो मनपर्ने सुपरस्टारको खुलासा गरेका छन्।

के तपाईं अनुमान लगाउन सक्नुहुन्छ को हुन ती सुपरस्टार? बलिउड सुपरस्टार अमिताभ बच्चन आफ्नो करियरको बारेमा कुरा गर्दा दर्शकहरूसँग किस्साहरू साझा गर्न मन पराउँछन्। 

कौन बनेगा करोडपति १६ को सेटमा अमिताभ बच्चनले आफ्नो मनपर्ने अभिनेत्रीसँग काम गर्ने मौका नपाएकोमा खेद व्यक्त गरे। 
उनी अरु कोहि नभई चर्चित अभिनेत्री मीना कुमारी हुन्। 

images (2)

अमिताभ बच्चनले प्यासा फिल्ममा अभिनेत्री वहिदा रहमानको आइकोनिक क्लोजअपको बारेमा पनि सम्झाए। 

आफ्नो आगामी हरर कमेडी फिल्म भुल भुलैया ३ को प्रमोशन गर्न आएका विद्या बालन र कार्तिक आर्यनसँगको कुराकानीमा अमिताभ बच्चनले १९६२ को साहिब बीबी और गुलामको चर्चा गर्दै मीना कुमारीसँग काम नगरेकोमा खेद प्रकट गरेका थिए।

प्रतिक्रिया