चिनियाँ प्रतिनिधि मण्डल उच्च राजनीतिक भेटघाटमा

काठमाडौं । हिजो शनिबार काठमाडौं आएको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि मण्डलले उच्च राजनीतिक भेटघाट गरेको छ । आज आइतबार विहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर चिनियाँ प्रतिनिधि मण्डलले नेपालका वामपन्थी शक्तिबीच एकतामा जोड दिएको बुझिएको छ ।

सीपीसीका नेता काङ्गले काठमाडौं उत्रिए लगत्तै शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटेका थिए । चिनियाँ नेता भेट्न आउनुअघि दाहालले बैठक कक्षमा चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता माओत्से तुङको पूर्ण कदको डल राखेका थिए । भेटमा नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, शक्ति बस्नेत पनि थिए ।

काङ्गको टोलीलाई एमाले महासचिव शंकर पोखरेलले शनिबार साँझ रात्रीभोज सहित स्वागत गरेका थिए ।

बुढानिलकण्ठमा काँग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए । उनले नेपालका वामपन्थीका विशेष व्यक्तिहरुसँग पनि भेट गरेको बुझिएको छ । चीन नेपालमा वामपन्थी एकतामा जोड दिने गर्छ ।

आज अपरान्ह चिनियाँ टोलीले अन्तर हिमालय बिकास र चीनको उन्नति सन्दर्भमा सम्वाददाताहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया