सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो। 

आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ। 

यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ। आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ। आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ।(रासस)

प्रतिक्रिया