परम्परा तोड्दै ६० इञ्जिनियरको सरुवा

काठमाडौं । हालै पाँच दर्जन सिनियर डिभिजनल इञ्जिनियरहरुको (सिडिई) सरुवा भएको छ । यी सिडिईहरुको सरुवा हुँदा विगतमा जसरी कुनै हलचल नभएको बताईन्छ । जलस्रोत तथा सिंचाइ मन्त्रालयले विभिन्न प्रदेश कार्यालय र विभागमा सरुवा गरी पठाईएका सिडिईहरुले विभागीय मन्त्री र सचिवको निर्देशनमात्र सुन्नुपरेको बताएका छन् ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विभागीय मूल्यांकनका आधारमा सिडिईहरुको सरुवा गर्न विभागीय सचिवहरुलाई निर्देशन दिएका थिए । कार्यदक्षता अनुसारको मूल्यांकन नै कर्मचारीहरुको बारेमा गरिने निर्णयको आधार हुनुपर्छ भनेर मन्त्री खड्काले मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका थिए । त्यही अनुसार यसपटक ठूलो संख्यामा इञ्जिनियर सरुवा गरिएको मन्त्रालय सूत्रले बताएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय ठूलो बजेट र राष्ट्रिय अन्तर्राष्ट्रिय दाताहरुको समेत चासो रहने मन्त्रालयमा पर्दछ । त्यसैले यहाँका वरिष्ठ कर्मचारी र प्राविधिकहरुको सरुवा, बढुवा र जिम्मेवारी सुम्पिदा विगतमा ठूलै आर्थिक चलखेल हुने, भनसुनका लागि दौडधुप गर्नुपर्ने र राजनीतिक समर्थन समेत जुटाउनुपर्ने परम्परा थियो । यसपटक ती सबै परम्परा तोड्दै मन्त्री खड्काले मन्त्रालयको नियमित काम जसरी हुनुपथ्र्यो त्यसरी ती इञ्जिनियरहरुको सरुवा गराएको एक वरिष्ठ इञ्जिनियरले बताए ।

जलस्रोत तथा सिंचाइ सचिव सरिता दवाडी र सचिव ऊर्जा सुरेश आचार्यले मन्त्री खड्काको निर्देशन अनुसार नै ६० जना इञ्जिनियरहरुको सरुवा र जिम्मेवारीको निर्णय गरेका थिए ।

कोशी प्रदेशमा सरुवा भएका एक इञ्जिनियरले यसपटकको सरुवा प्रक्रिया अत्यन्त सामान्य र नियमित कार्य जसरी भएकोमा आफूलाई अनौठो महसुश भएको सुनाए । आफूहरुलाई कम्तीमा दुइ वर्ष एक ठाउँमा रहेर सकेको विशिष्ट कार्य गर्न मन्त्री र सचिवहरुबाट निर्देशन भएको तर अन्य कुनै अतिरिक्त दायित्व नपरेको भन्दै उनले खुशी प्रकट गरे ।

को को भए सरुवा

भिलानन्द यादव, रमेश कुमार सिंह, गणेश मरासिनी, रविन्द्र बहादुर थापा, राजेन्द्र प्रसाद शर्मा, प्रेमराज घिमिरे, गोपाल शर्मा, देवराज निरौला, मनोहर कुमार साह, चक्र विक्रम सिंह, ईश्वरी तिवारी, मनोरंजन कुमार सिंह, कैलाश श्रेष्ठ, सन्तोष कुमार चौधरी, दिपेन्द्र लौडारी, राम प्र अर्याल, अजयराज अधिकारी र रण बहादुर बम हालै सरुवा भएका इञ्जिनियरहरु हुन् ।

यी पनि 

त्यसैगरी अरु इञ्जिनियरहरुमा शेखरनाथ न्यौपाने, राजेन्द्र प्रसाद देव, काली बहादुर शाही, नवीन कुमार श्रेष्ठ, सुजन ताम्राकार, यादब बराल, राजन श्रेष्ठ, तेज रिजाल, अमरेन्द्र कुमार देव, विराट ज्ञवाली, मनोज कुमार शाह, प्रकाश लम्साल, रमानन्द दास, मनोजप्रसाद पटेल, जिज्ञासा राई याङखुरुङ, विशाल दाहाल, कृष्ण प्रसाद उपाध्याय, रञ्जनराज भट्टराई, मञ्जु क्वाँ, रेवाकान्त यादव, रविन्द्र कुमार शर्मा, अखलाख अहमद सिद्दिकी, विदुरमान श्रेष्ठ, टोप बहादुर खत्री क्षेत्री, निश्चल छत्कुली, विजय कुमार रेग्मी, सुदिप मोक्तान, कुमार घिमिरे, रामकृष्ण घोरासैनी, कामेश्वर यादव, दिनेश प्रसाद आचार्य, हरी बहादुर थापा, मोहन बाबु यादव, शंकर बुढाथोकी, प्रमोद तिम्सीना, कैलाश श्रेष्ठ, जेविन ताम्राकार, विशाल यादव, सुपिन्द्र खत्री, दिनेश पराजुली र केशव कुमार दास हुन् ।

यी ६० जना इञ्जिनियरको सरुवाको निर्णयपछि महत्वपूर्ण दायित्व भएका तीन निकाय उर्जा, सिँचाई र जलस्रोत अन्तर्गत कार्यरत कर्मचारीले भनसुनको चलनको अन्त्य भएको भनेर खुशी मनाएको एक वरिष्ठ अधिकृतले सुनाए ।

 
 
 

प्रतिक्रिया