इजरायली कारबाहीमा १८ प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टिनी। प्यालेस्टिनी स्रोतकाअनुसार इजरायलले उत्तरी गाजा पट्टीमा इजरायली आक्रमणबाट मङ्गलवार १८ जनाको मृत्यु भएको छ।

प्यालेस्टाइनी चिकित्सकहरूले इजरायली युद्धक विमानले उत्तरी गाजा पट्टीको बेट हानौनमा रहेको आश्रयस्थललाई निशाना बनाउँदा तीन प्यालेस्टाइनीको मृत्यु भएको र दर्जनौं घाइते भएका बताए। 

बेइट लाहिया क्षेत्रमा दुई इजरायली बम विष्फोटमा थप १५ जनाको मृत्यु भएको चिकित्सा स्रोतहरूले बताएका छन्। स्थानीय सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले इजरायली सेनाले बेइट लाहियामा धेरै घरहरू ध्वस्त पारेको छ भने जबलिया र बेट लाहियामा सयौं प्यालेस्टिनी परिवारहरूलाई घेराबन्दी जारी राखेको छ।

बेत लाहियालाई तोपखाना र विमानहरूद्वारा आक्रमण गरेको छ। अक्टोबरको शुरुदेखि इजरायली सेनाले जबलिया शरणार्थी शिविरमा भूमिगत सैन्य अभियान चलाउँदै आएको छ। जसमा सयौंको मृत्यु भएको छ। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया