बेइजिंग । चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्को र बेइजिङले जटिल विश्वव्यापी परिस्थितिका बाबजुद पनि व्यापार र आर्थिक सहयोगलाई सफलतापूर्वक विकास गर्दै आएको बताएका छन् । रुसको काजानमा जारी १६औँ ब्रिक्स शिखर सम्मेलनका क्रममा आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
विश्वमा अस्तव्यस्त र जटिल परिस्थितिको बाबजुद पनि दुई देशबीचको व्यापार र सहयोग अन्य क्षेत्रमा सक्रिय रूपमा विकास भइरहेको छ र ठूला सहयोगका परियोजनाहरू निरन्तर रूपमा कार्यान्वयन भइरहेको दावी गरेका छन् ।
चिनफिङले बेइजिङ र मस्कोले संयुक्त राष्ट्रसंघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण र विश्वव्यापी रणनीतिक स्थिरता कायम गर्नुपर्नेमा जोड दिएका छन्।
'संयुक्त राष्ट्र सुरक्षा परिषद्का स्थायी सदस्यहरू र प्रमुख विश्व शक्तिहरूका रूपमा चीन र रुसले आफ्नो व्यापक रणनीतिक समन्वयलाई विस्तार गर्नुपर्छ र संयुक्त राष्ट्र संघ र शाङ्घाई सहयोग संगठन जस्ता बहुपक्षीय संरचनाहरूको ढाँचाभित्र आफ्ना कार्यहरूलाई नजिकबाट अन्तरक्रिया र समन्वय गर्नुपर्छ,' सीले भने।
चिनफिङले आगाडि भने, बेइजिङले ग्लोबल साउथको लागि नयाँ अवसरहरू प्राप्त गर्न ब्रिक्स देशहरू बीच रणनीतिक र व्यावहारिक सहयोगको विकास गर्ने आशा राखेको छ।
१६ औं ब्रिक्स शिखर सम्मेलन, जुन एसोसिएसनमा रुसको अध्यक्षताको प्रमुख कार्यक्रम हो, यो दुइदिन अघि सुरु भएको हो भोलि यसको समापन हुने छ । ब्रिक्स समूहको स्थापना सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनद्वारा भएको थियो, जसमा दक्षिण अफ्रिका पनि २०११ मा सामेल भएको थियो । जनवरी १, २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, यसको पूर्ण सदस्य बन्न पुगे।
कजान शिखर सम्मेलन संघका नयाँ सदस्यहरू पहिलो पटक सहभागी भएका छन् । सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी छन् ।
प्रतिक्रिया