राष्ट्र संघका महासचिव ब्रिक्स शिखर सम्मेलनमा

बेइजिंग ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस ब्रिक्स शिखर सम्मेलनमा भाग लिन रुसको भोल्गा क्षेत्रको काजान पुगेका छन् । 

महासचिव गुटेरेसको उपस्थितिले रुस र चीनजस्ता शक्ति राष्ट्रको अगुवाईमा स्थापना गरिएको ब्रिक्सको महत्व बढेको सञ्चारमाध्यमहरुले टिप्पणी गरेका छन्।

गुटरेसलाई काजान अन्तर्राष्ट्रिय विमानस्थलमा तातारस्तान गणतन्त्रको राज्य परिषद्का अध्यक्ष फरीद मुखमेट्सिनले स्वागत गरेका थिए।

१६ औं ब्रिक्स शिखर सम्मेलन, जुन एसोसिएसनमा रुसको अध्यक्षताको प्रमुख कार्यक्रम हो, यो दुइदिन अघि सुरु भएको हो भोलि यसको समापन हुने छ । ब्रिक्स समूहको स्थापना सन् २००६ मा ब्राजिल, रुस, भारत र चीनद्वारा भएको थियो, जसमा दक्षिण अफ्रिका पनि २०११ मा सामेल भएको थियो । जनवरी १, २०२४ मा इजिप्ट, इथियोपिया, इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, यसको पूर्ण सदस्य बन्न पुगे।

कजान शिखर सम्मेलन संघका नयाँ सदस्यहरू पहिलो पटक सहभागी भएका छन् । सम्मेलनमा ३० भन्दा बढी देशका प्रतिनिधिहरु सहभागी छन् ।

प्रतिक्रिया