अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप

काठमाडौँ। टर्कीका रक्षामन्त्री यासर गुलेरले राजधानी अंकाराको प्रमुख रक्षा परिसरमा भएको घातक हमलामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को हात रहेको बताएका छन्। उनले आतंकवादीको अन्त्य नगरेसम्म शान्त नबस्ने बताए। 

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले अंकारामा रहेको टर्किस एरोस्पेस इन्डस्ट्रिज इन्क (टुसास) को उत्पादन केन्द्रमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको र १४ जना घाइते भएको बताए। घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको मन्त्रीले घटनास्थलमा पत्रकारहरुलाई बताए। 

टर्किए संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया