रवि लामिछानेलाई अदालत ल्याइयो

लेखनाथ। पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि कास्की जिल्ला अदालत ल्याइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने र जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट म्याद थपका लागि अदालत ल्याइएको हो।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई आइतबार अदालतले छ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको म्याद बुधबार सकिएको हो। असोज ६ गते पक्राउ परेका जोशीको म्याद पनि बुधबारै सकिएको हो। 

गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक उनिहरु दुवैलाई एकैसाद अदालतमा उपस्थित गराइएको हो।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियोले दुवै जनामाथि अनुसन्धान जारी रहेको र आज अदालतमा म्याद थपका लागि लगिएको उल्लेख गरे। यसअघि भएको बयानमा लामिछानेले आफूले पोखराको सहकारीबाट ऋण नलिएको दाबी गरेका छन्।

सहकारीबारे संसदीय समितिको सिफारिसबमोजिम छानबिन गर्न लामिछाने र जोशीलाई पक्राउ गरिएको हो। लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र सहकारी पीडित दुवैले प्रदर्शन गरिरहेकाले अहिले पोखराको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

प्रतिक्रिया