महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरण आवश्यक भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा आफू विश्वस्त रहेको बताए। उनले महिला अधिकारको लागि निरन्तर तत्पर रहेको बताए। उनले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गरे।  

‘‘महिला सशक्तिकरण आवश्यक छ। महिलाहरुले विकासको बलियो स्तम्भको रुपमा भुमिका खेल्न सक्छन् भन्नेकुरामा म दृढ विश्वास राख्दछु। म महिला अधिकारको लागि निरन्तर तत्पर रहेको छु। त्यसैले महिला र बालबालिकाहरुको लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुका साथै सहभागितामुलक बनाउने प्रतिवद्धता व्यक्त गर्दछु।’’ उनले भने, ‘‘महिला र बालबालिकाहरुको सशक्तिकरणमा ठूलो योगदान पु¥याउन आवश्यक छ। महिला र बालबालिकाहरुको सशक्तिकरणमा भएका समस्याहरुको उजागर गर्दै समाधानको बाटो पहिल्याउनु पर्छ।’’

मन्त्री सुडीले पिछडिएका व्यक्तिहरुको समस्या उजागर गरी समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताए। सरकार र नागरिक समाज मिलेर लैङ्गिक असमानताको मुल कारणहरुलाई निर्मुल गर्न र महिला एवं बालबालिकाको लागि समान अवसर सुनिश्चित गर्न लाग्नुपर्ने बताए। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया