रविलाई पक्राउ गरेको भन्दै माईतीघरमा रास्वपाको प्रदर्शन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको माईतीघरमा बिरोध प्रदर्शन गरेको छ।

शुक्रवार पार्टी सभापति एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पक्राउ गरिएको भन्दै सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो।

बिरोध प्रदर्शनमा रास्वपाका उपसभापतिदेखि सांसदहरुसम्म सहभागी बनेका थिए। सभापति लामिछानेमाथि सहकारी गठी र सम्पती शुद्धिकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान जारी छ। आजदेखि काठमाडौंमा आन्दोलन निरन्तर जारी रहने रास्वपाका नेताहरुले बताएका छन्।

उनीहरुले हातमा सरकारबिरोधी पम्प्लेट बोकेर सरकार बिरोधी नारा लगाइ बिरोध जनाएका हुन्। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया