काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले यसै महिनाको अन्तिम साता काठमाडौंमा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना गर्ने भएको छ । महर्षि महेश योगीले पहिलो पटक नेपाल भ्रमण गरेको स्वर्ण वर्षको अवसरमा यो महायज्ञ आयोजना लागिएको हो ।
यसबारे विस्तृत जानकारी दिन कार्तिक ११ गते आइतवार पत्रकार सम्मेलन आयोजना गरेको फाउण्डेसनले जनाएको छ ।
महर्षि महेश योगी विक्रम सम्वत २०३१ कार्तिक २३ गते शुक्रवार पहिलोपटक नेपाल आएका थिए। नेपाल आउनुपूर्व नै नेपालको बारेमा विस्तृत अध्ययन गरी उनले विश्वको नेतृत्वका लागि नेपाल भनेर उद्घोष गरेका थिए।
नेपालको महिमा एवं नेपालको साँस्कृतिक, धार्मिक तथा आ ध्यात्मिक पक्षको विस्तृत चर्चा गर्दै नेपालले विश्वको नेतृत्व गर्नुपर्ने कारण, त्यसको आधार र यस कार्यमा नेपालको दायित्व तथा भूमिकाको योगीले चर्चा गरेका थिए।
महर्षिको सो भ्रमणको ५०औँ वर्षलाई विशेष स्मरण गर्दै उनको उद्घोष अनुसार कार्य गर्न सकौँ भन्ने सङ्कल्पसहित आगामी कार्तिक २१ देखि २५ सम्म भृकुटीमण्डप, काठमाडौँमा राष्ट्रको दिगो शान्ति एवं समृद्धि तथा विश्वकल्याणका लागि १ हजार १११ भावातीत ध्यान एवं सिद्ध साधक वैदिक वटुकहरूबाट सनातन वैदिक परम्परा अनुसार अतिरुद्र विश्वकल्याण विराट महायज्ञ गरिन लागेको फाउण्डेसनले जनाएको छ।
यसका लागि फाउण्डेसनका अध्यक्ष दिपक प्रकाश बास्कोटाले भृकुटीमण्डमा भूमिपूजन गरिसकेका छन् ।
विराट महायज्ञमा भागलिन विश्वका ५० भन्दा बढी देशबाट विज्ञ वैज्ञानिक, ध्यानीसमेत सहभागी हुने छन् ।
प्रतिक्रिया