काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १९, यट्खा दमाई टोलस्थित कुमारी पूजा समाजले यस बर्षको १०८ कुमारी पूजा गरेको छ।
नेवारी परम्परा अनुसार अन्नप्राशन भैइसकेका र ईहि - बेल बिबाह नभएका बालिकाहरुको दीर्घायु र सुस्वास्थको कामनाको लागि १०८ कुमारीको पूजा गरिन्छ। १०८ जना कुमार कुमारीको पूजा गर्ने भनिए पनि संख्या बढ्दै गएको हुँदा यस बर्ष १२० जना पुगेको समाजले जनाएको छ।
२०५२ साल देखि स्थानीयबासीको सहयोगार्थ संचालित कुमारी पूजा समाजमा राजुराज जोशी, उमेश महर्जन, चन्द्रमान डंगोल, चन्द्रलाल श्रेष्ठ, सम्पूर्ण रन्जित, श्याम महर्जन, रमेशमान खड्गी, जुजुकाजी डंगोल, देब नारायण महर्जन, राजेश श्रेष्ठ, सन्जीब भक्त श्रेष्ठ, सरोज डंगोल, महेश डंगोल, नानू काजी महर्जन, बबुराज महर्जन, गणेश लाल महर्जन, अच्युत जोशी लगायत सदस्य रहेका छन्।
समाजले परम्परादेखि चलिआएका विभिन्न सांस्कृतिक कार्यक्रम र पर्वहरुलाई जीवन्त राख्न वर्षेनी कार्यक्रमहरु आयोजना गर्दैआएको छ । (तस्बिर: ललितध्वज खड्का/दृश्यटिभी)
प्रतिक्रिया