काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प लिएर यही कार्तिकको अन्तिम साता चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञको आयोजना गरेको छ । दोस्रो विश्व युध्द चर्किँदैजाँदा लाखौं मानिसको अनाहकमा मृत्यु भैरहेको र अकल्पनीय किसिमले जनधनको विनाशले विश्वलाई कहालिलाग्दो अवस्थामा पुर्याएकामा कोटीहोम महायज्ञको आयोजना गरेपछि युध्द नै रोकिएको इतिहासलाई ध्यानमा राख्दै यो विराट यज्ञ आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष दिपक प्रकाश बास्कोटाले बताएका छन् ।
कार्तिक २१—२५ चारदिन काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महायज्ञमा विश्वका ५० स्थानबाट विशेष अतिथिहरु सहभागी हुने भएका छन् ।
महायज्ञका विशेषता
यो यज्ञ आफ्नो, परिवार, समाजको र राष्ट्रको पुण्य प्राप्तिका लागि साथै राष्ट्रको समृद्धिका लागि भावातीत ध्यान र सिद्धि साधक १ हजार १११ आचार्य तथा बटुक पंडितबाट हुने पहिलो अतिरुद्र विश्व कल्याण विराट महायज्ञ हो । स्वयं कर्ता बन्ने र कर्ताहरूको समूहले सामूहिक आयोजना गरेको राष्ट्रको सम्वृद्धि दिगो शान्ति र विश्व कल्याणको पहिलो महायज्ञ हो । यज्ञका विधि, निष्ठा र आस्था लोपोन्मुख हुँदैगर्दा आयोजना हुने प्राचीन यज्ञविधि, निष्ठा र आस्थासँग सम्पन्न हुने अतिरुद्र महायज्ञ हो । सम्पूर्ण वैदिक सनातनीहरूको साझा एवं सवै तहका सरकारहरूसमेतलाई सहकार्यका लागि आह्वान गरिएको यज्ञ हो ।
महायज्ञमा कसरी सहभागी हुने
महायज्ञमा निम्नानुसार अग्रिम यज्ञ सङ्कल्पको रकम जम्मा गरी महायज्ञको कर्ता बन्न सकिनेछ । सङ्कल्प गरी महायज्ञको कर्ता बनी सहभागी हुन सकिनेछ ।
१ लाख ११ हजार १११ रुपैंयाँ प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने र स्वैच्छिक रूपमा कर्ताहरूलाई यस संस्थाको मानार्थ आजीवन सदस्यतासमेत प्रदान गरिने आयोजक फाउण्डेसनले जनाएको छ ।
साथै ५१ हजार १११ रुपैंयाँ प्रदान गरी यस महायज्ञमा एक लघुरुद्र बराबरको सङ्कल्प गर्न सकिने साथै स्वैच्छिक रूपमा कर्ताहरूलाई यस संस्थाको आजीवन सदस्यतासमेत प्रदान गरिनेछ ।
त्यसैगरी ११ हजार १११ रुपैंयाँ प्रदान गरी यस महायज्ञमा एक रुद्री बराबरको सङ्कल्प गर्न सकिने छ भने ५ हजार ५५५ रुपैंयाँ दक्षिणा प्रदान गरी रूपक ९एक आवृत्ति षडङ्गरुद्री० र चण्डीपाठको कर्ता बन्न सकिने छ ।
यस महायज्ञको सामग्री, भोजन, प्रसाद, खानेपानी लगायतका व्यवस्थापनमा चाहिने विभिन्न सामग्री प्रदान गर्ने दाताहरूलाई सम्मान अवसर प्रदान गरिने र उनीहरुलाई पनि संस्थाको आजीवन सदस्यता एवम् मानार्थ सदस्यता प्रदान गरिने भएको छ ।
कर्ता नबने पनि कार्तिक २१ गतेदेखि २५ गतेसम्म यज्ञको सफलताको कामना गर्न, श्रवण गर्न, भेटी र फलफूल चढाउन, फूलप्रसाद ग्रहण गर्न खुला रहने फाउण्डेसनले जनाएको छ।
वर्गीकृत कर्ताहरुको अभिलेख स्मारिका प्रकाशित गरी प्रत्येक कर्तालाई उपलब्ध गराइने र संस्थाको वेभसाइटमा अभिलेख गरी राखिने भएको छ ।
यस्तो छ स्वर्ण महोत्सवको कार्यक्रम
कार्तिक २१ गते महर्षि महेश योगी नेपाल आगमनको स्वर्ण महोत्सवको समुद्घाटन तथा नेपालका मौलिक सांस्कृतिक झाँकी तथा १०८ शंखघण्टसहित भद्रकाली, शहीदगेट, रत्नपार्क हुँदै शोभायात्रा ।
यस स्वर्ण महोत्सवको समुद्घाटनमा १०८ दीप प्रज्ज्वलनसहित कन्यासम्मान पनि गरिनेछ । यसै दिन पण्डित तथा यजमान सबैले चित्तशुद्धि र यज्ञाधिकार प्राप्तिका लागि प्रायश्चित्त साधना पनि हुनेछ ।
कार्तिक २२–२४ गते ३ दिनसम्म वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, समय दिउँसो १ बजेदेखि ४ बजेसम्म ।
कार्तिक २१ गते प्रारम्भ भई कार्तिक २५ गते महायज्ञ समापन हुनेछ ।
कार्तिक २२ गतेदेखि २५ गतेसम्म हरेक दिन बिहान निम्नलिखित समयमा योग र ध्यान कार्यक्रम सञ्चालन गरिने भएको छ । बिहान ६ बजेदेखि ६:३० बजेसम्म निःशुल्क महर्षि योगाभ्यास । बिहान ६:३० बजेदेखि ७:३० बजेसम्म भावातीत ध्यान तथा सिद्धि कार्यक्रम ।
हरेक साँझ ५ बजेदेखि भागवत कथासारसहित अन्य सन्त महात्माहरूबाट वैदिक प्रवचन हुनेछ । महर्षि महेश योगीद्वारा तात्कालीन समयमा एअरफोनमार्फत् भावातीत ध्यान सिकेका ध्यानीहरूलाई सम्मान गर्ने ।
यस्तो पनि भएको थियो
अहिले पछिल्लो समयमा जब–जब विज्ञान र प्रविधिको चरमोत्कर्ष परिणाम देखा पर्न थालेपछि प्राचीन वैदिक सभ्यताको सनातन सान्दर्भिकताबारे विश्वव्यापी चासो र चर्चा बढ्दै गएको छ। यही परिवेशमा शङ्करावतार भगवान् शङ्कराचार्यद्वारा स्थापित चारपीठमध्ये ज्योतिर्मठका पीठाधीश अनन्तश्री विभूषित जगत्गुरु शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वती ९२१ डिसेम्बर १८७०—१२ जुन १९५३० त्यसपीठका पीठाधीशका रूपमा १६५ वर्षदेखि रिक्त शङ्कराचार्य पदमा १ अप्रिल १९४१ मा आसीन भए। उनको आध्यात्मिक उदयपछि भारतवर्षमा एकतर्फ वैदिक पुनरुत्थानको व्यापक अभियान प्रारम्भ भयो भने अर्कोतिर सोही कालखण्डमा नै दोस्रो विश्वयुद्ध चर्कँदै गएको थियो।
जब विश्वयुद्धको विभीषिकाले लाखौँलाख मान्छे मर्न थाले तब शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीले विश्वकल्याणार्थ विश्वयुद्ध रोक्न दुई हजार ब्राह्मणहरू तथा दश हजार भक्तहरूद्वारा कोटीहोम महायज्ञको आयोजना गरे र त्यसले अभीष्ट सिद्धि हासिलसमेत गर्यो परिणाम स्वरुप विश्व युद्ध ३ महिना भित्र रोकियो। त्यस सफलताको समाचार ईङ्गल्याण्डको समाचारपत्रले महत्त्वपूर्ण स्थान दिई समाचार छापेको थियो। यसर्थ वैदिक महायज्ञबाट अभीष्ट सिद्धि हुने कुरा आधुनिक विश्वका वैज्ञानिकहरूले अवलम्बन गर्न प्रारम्भ गरेका छन्। (फायल तस्बिर)
प्रतिक्रिया