काठमाडौँ। सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको आक्रमण बढाएको छ।
स्थानीय टिभी च्यानल अल–जादेदका अनुसार शुक्रवार राति इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरका विभिन्न क्षेत्रमा आठवटा हवाई आक्रमण गरेका थिए।
बिहीवार राति इजरायली सेनाले दक्षिणी बेरुतको दहेहका विभिन्न क्षेत्रमा तीनवटा हवाई आक्रमण गरेको थियो। बुधवार राति इजरायली हवाई आक्रमणले बेरुतको जना जिल्लाको एउटा अपार्टमेन्टलाई लक्षित गरी आक्रमण गरेको थियो। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया