प्रधानमन्त्री ओली र सिक्किमका पूर्व मुख्यमन्त्री चाम्लिङ्गबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतको सिक्किम राज्यका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्गबीच आइतबार भेट भएको  छ ।

सामाजीक कार्यक्रममा सहभागी हुन एकसाता काठमाडौं बसेका चाम्लिङ्गले प्रधानमन्त्री ओलीसँग ४५ मिनेट कुराकानी गरेका   थिए ।

नेपाली मूलका सिक्किमवासीको अवस्था, नेपाली भाषा संस्कृति र नेपालबाट नेपाली भाषाका साहित्य, संस्कृति र अन्य विविध बिषयका पुस्तक प्राप्त गर्न वाधक रहेका प्रसंगहरुमा दुइ नेताबीच चर्चा भएको चाम्लिङ्गका सहयोगी एमएन दाहालले बताए ।

TBS

पूर्व मुख्यमन्त्री चाम्लिङ्गले आफ्नो सम्मानमा उपासना मिडिया ग्रूपका अध्यक्ष टंक बहादुर श्रेष्ठको निवासमा आयोजित रात्रीभोजमा अढाई दशक सिक्किम राज्यको नेतृत्व गर्दाको अनुभवहरु सुनाएका थिए । उनले आफ्नो पितृभूमि नेपालको सौन्दर्य र सहिष्णु नेपाली समाज अनुपम उदाहरण रहेको चर्चा गरेका थिए ।

प्रतिक्रिया