लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्छः प्रथम राष्ट्रपति यादव

काठमाडौँ। नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले लोकतन्त्रलाई व्यवस्थित गरेर लैजानुपर्ने बताएका छन्।

सोमवार जनकपुरमा राजर्षिजनक विश्वविद्यालयको ७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका  हुन्।

उनले आफूहरुले आन्दोलनबाट तानाशाह हटाएको र संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको बताए। उनले अहिलेको लोकतन्त्र समावेशी रहेको उल्लेख गरे। उनले शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पु¥याउनुपर्ने आवश्यकता औंल्याए। उनले तराईको जंगल मासिँदै गएको उल्लेख गर्दै पानी सकिएपछि कहाँबाट ल्याउने भन्दै प्रश्न गरे। 

यादवले भने, “हामीले तानाशाहलाई हटायौं। संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ। लोकतन्त्रमा छौँ। समावेशी लोकतन्त्र छ। यसलाई व्यवस्थित गरेर लैजानुपर्छ र शिक्षा, स्वास्थ्यमा सबैको पहुँच पु¥याउनुपर्छ। प्रकृति नरहे हामी रहँदैनौँ। तेल त हामी भारततिरबाट ल्याउँछौँ। तर पानी जुन दिन सकिन्छ, पानी कहाँबाट ल्याउने ? तराईको जंगल मासिरहेको छ।”

प्रथम राष्ट्रपति डा. यादवले मधेसको शैक्षिक गुणस्तर घट्दै गइरहेकोमा चिन्ता व्यक्त गरे। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया