काठमाडौँ। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ।
विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ। २७७ जनालाई घाइते भएका छन्। जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ।
अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन्। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया