काठमाडौँ। पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ। तीमध्ये अधिकांश बालबेक क्षेत्रमा छन्। उद्धार प्रयासहरू जारी रहेकाले मृतकको सङ्ख्या प्रारम्भिक रहेको बताइएको छ।
बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व शुरु भएदेखि नै यस क्षेत्रमा भएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गरे। सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमणलाई तिब्र पारेको छ। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया