बंगलादेश: आन्दोलनका घाईते विद्यार्थीको शिक्षण शुल्क मिनाहा

ढाका । बंगलादेशको अन्तरिम सरकारले माध्यमिक तहदेखि माथिका जनआन्दोलनका क्रममा घाइते भएका विद्यार्थीको शिक्षण शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।

यस सम्बन्धमा शिक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै सबै सरकारी तथा गैरसरकारी विद्यालय, कलेज, मदरसा, प्राविधिक संस्था र विश्वविद्यालयका घाइते विद्यार्थीले छुट पाउने घोषणा गरेको छ । यो माध्यमिक तह र माथिका विद्यार्थीहरूको लागि लागू हुनेछ।

घाइते विद्यार्थीले मेडिकल कागजातसहित आ–आफ्नो शैक्षिक संस्थाका प्रमुखलाई निवेदन दिनुपर्ने छ भने शैक्षिक संस्थाका अधिकारीहरूले निवेदन प्रमाणीकरण गरेपछि तत्काल विद्यार्थीको ट्युसन शुल्क मिनाहा गरिने छ ।

दि डेलि स्टारले लेखेको छ- घाइते विद्यार्थीको हालको शिक्षादेखि विश्वविद्यालय तहसम्मको अध्ययनसम्मका लागि ट्युसन शुल्क मिनाहा गर्ने निर्णय प्रभावकारी हुने उल्लेख गर्दै सरकारले यस निर्णयलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित सबै शैक्षिक संस्थालाई निर्देशन दिएको छ । 

प्रतिक्रिया