नेपाल–बंगलादेशबिच फाइनल काठमाडौँका तीन ठाउँबाट प्रत्यक्ष प्रसारण

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने नेपाल–बंगलादेशबिचको फाइल खेल तीन ठाउँबाट महानगरले प्रत्यक्ष प्रसारण गर्न लागेको हो। 

महानगरका अनुसार काठमाडौँको टुँडिखेल, चाबहिलको फुटबल ग्राउण्ड र हाँडीगाउँको सानो गौचरणमा एलइडी स्क्रिनबाट फाइलन खेलको प्रसारण गरायन लागिएको हो।

खेलको प्रवर्द्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान फुटबल खेलप्रेमी दर्शकहरुलाई महानगरले अनुरोध समेत गरेको छ।

प्रतिक्रिया