नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छः मन्त्री पौडेल

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताएका छन्।

बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताए। वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताए। उनले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाए। उनले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताए। उनले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताए।

उनले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताए। मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताए। 

स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गरे। उनले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताए। (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया