इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समुहलाई पक्राउ गरेको छ । कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका- ३ नडाहा स्थित जिवन कार्कीको घरमा जुवा तास खेलीरहेका उनीहरुलाई नगद ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास सहित पक्राउ गरिएको हो ।
जुवातास खेलिरहेका ललितपुर सातदोबाटोका नवराज राई, सुनसरी इटहरी उप-महानगरपालिका-१ का प्रदिप तामाङ, बराहक्षेत्र-५ का नारायण कार्की, उत्तम मगर, बराहक्षेत्र-३ का बिदुर कार्की, दिनराज राई, मान बहादुर कार्की, बराहक्षेत्र-८ का खड्ग बहादुर विष्ट, रामधुनि नगरपालिका-५ का गौरी शङकर लुइटेल, बराहक्षेत्र-३ का रेवत थापा, खगेन्द्र कार्की- दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ का जीवन कार्की, हतुवागडी- ७ का ज्ञान बहादुर राई, भोजपुर आमचोकका दुर्गाराज राइलाई पक्राउ परेका हुन् ।
प्रहरीले जुवाको खालबाट नगद ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास समेत बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया