काठमाडौं । भारतको उत्तराखण्डमा बस खाडलमा खस्दा ३६ जनाको मृत्यु भएको छ ।
उत्तराखण्डको अल्मोडा जिल्लामा सोमबार निजी रूपमा सञ्चालित बस गहिरो खाडलमा खसेको छ । त्यसमा यात्रा गरिरहेको ६० जनामध्ये ३६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले उल्लेख गरेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई चार लाख रुपैयाँ र घाइतेलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री दुर्घटनास्थलतर्फ जाँदै गरेको अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया