काठमाडौँ। दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा १० जनाको मृत्यु भएको छ। साथै नौ जना घाइते भएका छन्।
लेबनानी सिभिल डिफेन्सको एक अज्ञात स्रोतले दक्षिणी लेबनानको सइदा छिमेकमा इजरायली आक्रमणमा तीन व्यक्तिको मृत्यु भएको र ९ अन्य घाइते भएको बताएको छ।
यसबाहेक, पूर्वी लेबनानको माचघारा सहरमा भएको आक्रमणमा तीन जना सर्वसाधारणको मृत्यु भएको छ भने दक्षिणी लेबनानको जबल अल–बाटम गाउँमा थप दुई जनाको मृत्यु भएको थियो। इस्लामिक स्वास्थ्य प्राधिकरणका दुई प्यारामेडिकहरू दक्षिणी लेबनानको बाजोरीह नगरपालिकामा मारिएका थिए। इजरायली सेनाले हिजबुल्लाहसँगको बढ्दो आक्रमणमा सेप्टेम्बरको अन्त्यदेखि लेबनानमा आक्रमण शुरु गरेको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयको आईतवारको रिपोर्टअनुसार अक्टोबर ८, २०२३ मा युद्ध शुरु भएदेखि लेबनानमा इजरायली हवाई आक्रमणबाट मर्नेहरूको संख्या २ हजार ९८६ पुगेको छ। घाइतेहरूको संख्या १३ हजार ४०२ पुगेको छ।(सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया