काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका कोशी प्रदेश सांसद लिलावल्लभ अधिकारीलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उहाँलाई काठमाडौं ल्याइएको हो ।
मानव तस्करी प्रकरणमा मुछिएको आरोपमा उहाँलाई प्रहरीले बरगाछीस्थित निवासबाट पक्राउ गरेको थियो । जापान भ्रमण मन्त्रीपरिषतद्बारा स्वीकृत नगराइ आफूसँग असम्बन्धित मानिसहरु लिएर गएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । (न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया