काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले आयोजना गरेको नेपालको आर्थिक सम्वृद्धि र शान्तिको सङ्कल्प सहितको चारदिवसीय अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आइतबार समापन भएको छ। राजधानी शहरको मध्यभागमा पाँचदिनसम्म निरन्तर चलेको महायज्ञमा राजनीतिक क्षेत्रका मानिसहरुको अत्यन्त न्यून उपस्थिति रहेपनि अन्य क्षेत्रको सहभागिता भने उल्लेख्य रहेको देखियो।
दोस्रो विश्व युध्द चर्किँदैजाँदा लाखौं मानिसको अनाहकमा मृत्यु भैरहेको र अकल्पनीय किसिमले जनधनको विनाशले विश्वलाई कहालिलाग्दो अवस्थामा पुर्याएकामा कोटीहोम महायज्ञको आयोजना गरेपछि युध्द नै रोकिएको इतिहासलाई ध्यानमा राख्दै यो विराट यज्ञ आयोजना गरिएको फाउण्डेसनका अध्यक्ष दिपक प्रकाश बास्कोटाले बताएका थिए।
कार्तिक २१—२५ चारदिन काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको महायज्ञमा विश्वका ५० स्थानबाट विशेष अतिथिहरु सहभागी भएका थिए। देशका सबैजसो विद्यापीठका प्राचार्य र विद्यार्थीको सहभागिता रहेको यो महायज्ञमा राजधानी र वरिपरीबाट सयौं मानिसहरुले प्रत्यक्ष अवलोकन गरेका थिए।
प्रतिक्रिया