प्रदेश सांसद मनाङे डिल्लीबजार कारागार चलान

काठमाडौं । मंगलवार काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रिय कारागार पठाएको हो ।

मनाङेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको थियो । उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो । मनाङे यसअघि भुक्तान गरिसकेको सजाय कट्टा गरेर अब २ वर्ष ४ महिना १ दिन कारागारमा बस्नुपर्नेछ । (न्युज एजेन्सी नेपाल)

प्रतिक्रिया