टर्की । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरमा रहेको एक घरमा भएको आगलागीमा परी पाँच दाजुभाइको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । घटना सेल्कुक जिल्लामा भएको थियो । एकै कोठामा १ देखि ५ वर्ष उमेरका पाँच जना दाजुभाइको शव भेटिएको छ । जिल्ला गभर्नर र अभियोजकले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
(न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया