काठमाडौँ। इजरायली लडाकु विमानहरूले बेरुतको दक्षिणी उपनगरहरूमा १३ वटा हिंसात्मक आक्रमणहरू शुरू गरेका छन्।
बेरुत र माउण्ट लेबनानभरि क्षेप्यास्त्रको हिंस्रक आवाज सुनिएको हारेत हरिक, घोबेरी, लैलाकी र वरपरका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरिएको बताएको छ। इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले हरेट हईक, बिर अल–अबेद, स्फेयर, म्रेइजेह र लैलाकीका बस्तीहरूलाई खाली गर्ने चेतावनी दिएका छन्।
सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ। इजरायलले अक्टोबरको शुरुमा लेबनानमा आफ्नो उत्तरी सीमाना पार गरेर भूमिगत कारबाही शुरु गरेको थियो। स्वास्थ्य मन्त्रालयकाअनुसार गत वर्षको अक्टोबरमा द्वन्द्व शुरु भएदेखि इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४३ पुगेको छ भने घाइतेको संख्या १४ हजार १३४ पुगेको छ। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
प्रतिक्रिया