'मेरो जन्ममिति सच्याउनुपर्ने कुनै कारण छैन'

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्म मिति फरक फरक नरहेको स्पष्ट पारेकी छन् । शुक्रबार विज्ञप्ती जारी गरी न्यायाधीश खड्काले विभिन्न सञ्चारमाध्यममा आएको समाचारको खण्डन गरेकी हुन् ।

न्याय परिषद्ले त्रुटिवश कुनै न्यायाधीशको वैयक्तिक विवरण केही सामान्य फरक लेखिन गएको कुरालाई लिएर न्यायाधीशको वैयक्तिक चरित्रमा प्रश्न उठाइनु उचित नभएको उनले बताएकी छन् । उनले न्याय परिषदद्वारा राखिएको शैक्षिक प्रमाणपत्रसमेतका अभिलेखमा आफ्नो जन्ममितिको पूर्ण र यथार्थ विवरण नै उल्लेख रहेको बताएकी छन् ।

press-bigyapti-2078-09-09-1

प्रतिक्रिया