काठमाडौँ। चीनको पूर्वी सहर यिक्सिङस्थित कलेज क्याम्पसमा शनिबार २१ वर्षीय विद्यार्थीले भीडमाथि चक्कु प्रहार गरेका छन्। ८ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।
घटना साँझ करिब ६ः३० बजे वुसी भोकेशनल इन्स्टिच्युट अफ आर्ट्स एन्ड टेक्नोलोजीमा भएको हो। आक्रमणकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्त भर्खरै स्नातक गर्न लागेका थिए। तर परीक्षामा फेल भए। यसबाहेक इन्टर्नसिपमा कम पारिश्रमिक पाएपछि विद्यार्थी पनि असन्तुष्ट थिए। आक्रोशित भएर उनले मानिसलाई छुरा प्रहार गरेका थिए। यस विषयमा अनुसन्धान जारी छ।
प्रतिक्रिया