भारतको अस्पतालमा आगलागीः १० नवजात शिशुको मृत्यु

झाँसी। उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन्।

उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए। (सिन्ह्वा/न्युज एजेन्सी नेपाल)
 

प्रतिक्रिया