पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौँ। पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत ढुङ्गानाको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए। ८३ वर्षको उमेरका उनको निधन भएको हो ।

ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनि २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए। 

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

प्रधानमन्त्री के।पी शर्मा ओलीले पूर्व सभामुख ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्,‘ २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना!’  

प्रतिक्रिया