एसएसपी यादवद्वारा निवासमै झुण्डिएर आत्महत्या !

भैरहवा । नेपाल प्रहरीका एसएसपी सुशीलकुमार यादव सरकारी निवासमै मृत फेला परेका छन् । संघीय प्रहरी इकाइ कार्यालय रुपन्देहीका प्रमुखसमेत रहेका यादवले निवासमै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरि कोठाभित्र पसेका र लामो समयसम्म नफर्किएपछि हेर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया