मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै: गृहमन्त्री लेखक

धनगढी। गृहमन्त्री रमेश लेखकले मन्त्री परिबर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन्। उनले आजका मिति सम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएकाे बताए।

आज धनगढीमा प्रेस युनियनले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा वाेल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्दतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए। उनले भने, “दुईदलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल गरेर मात्र हुन्छ तर अहिले सम्म त्यस्ताे छलफल भएकाे छैन।”

उनले २०८४ सम्म याे गठबन्धन कायम रहने बताउँदै अबकाे १ बर्ष ८ महिना पछि बर्तमान प्रधानमन्त्री परिबर्तन भई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे।

प्रधानमन्त्रीकाे चिन भ्रमणकाे बिषयलाई लिएर दुई दल बिच खटपट भएकाे छ नि भन्ने संचारकर्मीकाे जिज्ञासामा गृहमन्त्री लेखकले सामान्य छलफलकाे बिषयलाई लिएर वेकामकाे हल्ला चलाईएकाे बताए। उनले भने, “एमाले र काँग्रेस बिच कुनै पनि बिषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाईरहेका छाै, २०८४ काे निर्वाचन सम्म सहज मिलेर जान्छाै ।”

नयाँ प्रधानमन्त्री नियुक्त लगत्तै बिदेश भ्रमणमा जानू परम्परा रहेकाे बताउँदै गृहमन्त्री लेखकले भारत वा चिन कुन देश अगाढी जानू भयाे भन्ने बिषय सामान्य रहेकाे उल्लेख गरे। उनले भने, “प्रधानमन्त्रीकाे चिन भ्रमणकाे मिति तय भैसकेकाे छ, चिन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ।”

सुरक्षा गाेष्ठीमा सहभागी हुन धनगढी आएका गृहमन्त्री लेखकले गाेष्ठीमा प्रदेश सुरक्षाकाे समीक्षा गरिएकाे बताए। उनले अब नयाँ कार्ययाेजना सहित शान्त्ती सुरक्षा कायम हुने बताए।

प्रतिक्रिया