काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदैछ।
आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो।
सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो।
म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कत्तिक २ गते पक्राउ परेका थिए।
प्रतिक्रिया