काठमाडौं । लिटिल एञ्जेल्स स्कूलका संस्थापक उमेश श्रेष्ठ नेपाली कांग्रेसको कोषाध्यक्षमा मनोनीत भएका छन्।
सभापति शेर बहादुर देउवाले श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनित गरेका हुन् ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई सभापति देउवाले आफू प्रधानमन्त्री छँदा स्वास्थ्य मन्त्रीको पनि जिम्मेवारी दिएका थिए, पछि उनी विना विभागीय मन्त्री बनाईए ।
शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन जस्ता उद्योगमा लगानी गरेर व्यापारिक संसारमा उदाईरहेका श्रेष्ठ र विवादास्पद व्यापारी मिन बहादुर गुरुंग समेतको लगानीमा पूरानो अन्नपूर्ण होटल खरिद गरेर उनीहरुले नयाँ होटल सञ्चालनको तयारी गरिरहेका छन् । गुरुंग एमालेका लागि मनग्गे दान गर्ने व्यापारीका रुपमा चर्चित छन् भने श्रेष्ठ नेपाली कांग्रेसका अर्थ व्यवस्था गर्ने व्यवसायी मानिन्छन् । कतिपय व्यवसायमा परराष्ट्र मन्त्री आरजु राणा देउवाका साझेदार मानिन्छन् श्रेष्ठ ।
सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९४० बमोजिम श्रेष्ठलाई केन्द्रीय
कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जनाएका छन् ।
प्रतिक्रिया