काठमाडौँ। मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज(मंगलबार) सुनको मूल्य २ हजार ६ सय रुपैयाँले घटेको हो।
सोमबार छापावाल सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ।
सरकारले भन्सार घटाएर १० प्रतिशत कायम गरेपछि सोमबार सुनको भाउ करिब १६ हजार रुपैयाँले घटेको थियो।
प्रतिक्रिया