काठमाडौँ। राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पुर्याउने तयारीमा लागेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नव– निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उनले क्रसर निर्माणमुखि सामग्री सम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिटै संसदमा लाने बताएका हुन्।
उनले भने, “नेपालमा क्रसर निर्माणमुखि सामाग्री सम्बन्धी कानून निर्माण भइ नसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ। यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिटै आगामी अधिवेशनमा संसदमा पु¥याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु।”
यसको साथै, उनले देशका प्रत्येक उद्योगहरुलाई अनुभुत हुने खालको कानून निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाती, पार्टी, समुदाय, नहेरि समग्र देशका लागि आवश्यक पर्ने कानून निर्माण गर्ने पनि बताए।
उनले भने, “सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होईन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरि यो कानून हाम्रो पक्षमा छ र हामीले कानून अनुसार काम गर्नुपर्छ भन्ने अनुभुत दिने गरि यो कानून निर्माण गर्ने पक्षमा हामी जाने छौ। यसमा कुनै जाती, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानून के छ त्यसलाई हेरेर कानून निर्माण गर्छौ।”
विधेयक जस्ताको त्यस्तै पास गर्दा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै यसलाई सुधार गरेर लाने पनि उनको भनाई छ। उनले भने, “यो विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यो भूभागमा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था हुदैँन्। तर हामी यसलाई सबैको हितका लागि कुनै मन्त्री र व्यक्तिको सनकको भरमा होईन कानूनको भरमा उद्योग चल्ने र बन्द हुने व्यवस्थाका लागि यो कानून निर्माण गर्छु।”
प्रतिक्रिया