एनसेलले ‘एनपिएल’ को हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ। एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेको छ।

एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गर्ने घोषणा घोषणा गरेको जनाएको छ। 

सिद्धार्थ बैंक एनपीएल पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने जनाएको छ।

शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने फाउन्डेसनको विश्वास छ। 
 

प्रतिक्रिया