सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ। शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो। आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

प्रतिक्रिया