बालिकाहरुलाई तरुनी हुन नदिउ: अनुराधा कोइराला

काठमाडौँ। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन्। 

Photo (3) (11)Photo (7) (5)Photo (8) (3)राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताइन्। उनले भनिन्, “बालिकाहरुलाई बालिका नै रहन दिउ। उनीहरुलाई तरुनी नबनाउ।”

Photo (9) (2)Photo (5) (8)Photo (4) (11)

कोइरालाले बालिकाहरुको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्रदान गर्न आग्रह समेत गरेकी छन्। उनले भनिन्, “बालिकाहरुको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो। उनीहरुको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ।”

कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको दुखेसो गरिन्। कार्यक्रममा एचआईभी/एड्ससम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइन।

उनले देश हाँकिरहेकाहरुले एचआईभी÷एड्स न्यूनीकरण र वालिका बचाउ अभियानमा लाग्नुपर्ने बताइन। देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो। 

Photo (2) (16)Photo (10) (2)Photo (1) (23)
 

प्रतिक्रिया