हेटौंडा–१२ सिक्रेनी केन्द्रमा खस्यो २६ सय २९ मत

हेटौंडा। प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो २ बजेसम्म २ हजार ६ सय २९ मत खसेको छ। 

प्रतिभा आधारभूत विद्यालय हेटौंडा १२ सिग्रेनी मतदान केन्द्रमा कुल चार हजार मतदाता रहेकोमा दिउँसो २ बजेसम्म २६ सय २९ मत खसेको हो।
मतदान स्थलमा एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको र दलबीचको तनाव नदेखिएको जनाइएको छ।

निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन्।
 

प्रतिक्रिया