आजको मौसम, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ। हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात 'फेनजल' को आंशिक प्रभाव रहेको छ। 

जसको कारण तराई भू–भागका केही स्थानहरूमा हुस्सु लागेको छ भने अन्य भागमा मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने छ भने बाँकी भागमा मौसम सफा रहने छ। 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज, राती भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ।
 

प्रतिक्रिया