हेटौंडा–१२ का वडाध्यक्षमा नेपाली कांग्रेस विजयी

हेटौंडा। मकवानपुरको हेटौंडा–१२ मा भएको स्थानीय तहको उपनिर्वाचन अन्तरगत वडाध्यक्ष पदमा नेपाली कांग्रेसका अर्जुन प्रसाद तिवारी विजयी भएका छन्।

उनी २ हजार ६३ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रविकुमार प्रधानले १ हजार ५ सय ६० मत प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेका एमाले उम्मेदवार राजेश नगरकोटीले १ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए। 

यस अघि यो वडा नेकपा माओवादी केन्द्रले जितेको थियो।

माओवादीबाट वडाध्यक्ष जितेका ललित घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त भएको पदमा निर्वाचन भएको हो। कुल ८ हजार ५३ मत रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको थियो।
 

प्रतिक्रिया