एनपिएल: चितवनलाई काठमाडौँले दियो ११२ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोजलाई जितका लागि काठमाडौँ गुर्खाजले एक सय १२ रनको मध्यम लक्ष्य दिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ११ रन बनायो। 

काठमाडौँका लागि सुमित महर्जनले सवाधिक २९ रन बनाए। यस्तै ओपनर माइकल लेभिटले २५ रन, डन डाउथवेटले अविजित १९ र शङ्कर रानाले १६ रन बनाए। बलिङमा चितवनका सोहेल तानभिरले पाँच विकेट लिए।

उनले चार ओभरमा २१ रन खर्चिएर पाँच विकेट लिएका हुन्। कुशल मल्ल, अमरसिंह रौतेला, ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एक एक विकेट झारे। 

प्रतिक्रिया